मानव बेचबिखन आरोपमा डीएचएन शुभयात्रा ट्राभल्सका सञ्चालक पक्राउ

मानव बेचबिखनको आरोपमा डीएचएन शुभयात्रा ट्राभल्स एन्ड टुरका सञ्चालक चिरन्जी गिरी पक्राउ परेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गिरीलाई मंगलबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका–५ घर भएका गिरीले परिवर्तित नाम २६ बबरमहल (१३२) लाई कुबेतको रोयल रेस्टुरेन्टमा काम लगाइदिन्छु भनी कुबेत पु¥याई त्यहाँको नागरिकलाई बेचेको प्रहरीले जनाएको छ । गिरीले अन्य आरोपितहरु रवि थापा मगर भन्ने लालबहादुर मगर, डम्बर मगर भन्ने डम्बर बहादुर दर्लामीले आफूलाई कुबेत पु¥याएको पीडितको जाहेरी छ ।

उनीहरुले रेस्टुरेन्टमा मासिक पारिश्रमिक १२० केजी कमाई हुने वेट्रेसमा काम लगाइदिने, कम्पनीमा पुगेपछि खाने बस्ने व्यवस्था कम्पनीले गरिदिने, राम्रो काम गरे टिप्स पाइने र युरोप तथा अमेरिका समेतका देशहरुमा पठाइदिने लगायतका प्रलोभन देखाएको प्रहरीको भनाइ छ ।

आरोपितहरुले पीडितलाई गत २६ मंसिरमा कुबेत पु¥याएका थिए भने त्यहाँका नेपाली दलालले कुबेती घर मालिकलाई १३ सय केजीमा बेचेका थिए । ब्युरोले दूतावासको सहयोगमा ४ पुसमा पीडितको उद्धार गरेको थियो । गिरीले पीडितसँग रकम लिई भिसा, टिकट लगायत बन्दोबस्त गरी पठाएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर