अमेरिका-चीनको नयाँ विवाद : के हो ‘जासुसी बेलुन’ ?

अमेरिकाले आफ्नो आकाशमा बेलुन पठाएको चीनले दाबी गरेको छ । कथित ‘जासूस बेलुन’ माथि चीनको यो ताजा प्रतिक्रिया हो ।

हालै अमेरिकाको आकाशमा कथित चिनियाँ जासूस बेलुन देखेपछि त्यसलाई खसालेको घटनाले विश्वको ध्यानाकर्षण भएको छ । चीनले जासुसी बेलुन पठाएको आरोप अमेरिकाले लगाएको दुई सातापछि अहिले चीनको यो बयान आएको हो ।

फेब्रुअरी २ मा जब अमेरिकी आकाशमा बेलुन उडेको पेन्टागनले जानकारी दियो, त्यतिखेर चिनियाँ अधिकारीहरूले तुरुन्तै प्रतिक्रिया दिएका थिएनन् । भोलिपल्ट साँझ भने उनीहरुले यसबारे मौनता तोडे ।

एक विज्ञप्तिमा, चीनले स्वीकार ग¥यो कि बेलुन उसको हो, तर यो मौसम विज्ञान अनुसन्धानको लागि एक नागरिक हवाईजहाजले प्रयोग गरेको थियो । यद्यपि उसको विश्वास थियो कि यो विस्फोट भयो ।
चीनले माफी मागेको शैलीमा यो कुरा भनेको थियो । उसले यो विरलै गर्छ । उसले यसलाई दुर्घटना भनेको थियो भने यो हवाईजहाज अनायासै अमेरिकी आकाशमा प्रवेश गरेको जनाएको थियो । सायद मौसम परिवर्तनका कारण यो बेलुन त्यहाँ गएको थियो ।

तर चीनको आधिकारिक मिडिया बढी रक्षात्मक मुद्रामा देखा प¥यो । चीनले आफ्ना बेलुन भएको नस्विकार्दासम्म यसलाई मुद्दाको रुपमा रिपोर्टिङ नगर्न भनिएको थियो । ‘चाइना डेली’ले दाबी गरेको छ, ‘झूटा कथा बनाएर बेलुनलाई चीनसँग जोड्न सकिँदैन ।’ यसै क्रममा ग्लोबल टाइम्सले अमेरिकालाई अपिल गर्दै भनेको छ, ‘चीनविरुद्ध उत्तेजक गतिविधि गर्नुको सट्टा अमेरिकाले चीनसँग सम्बन्ध सुधार्न जोड दिनुपर्छ ।’

इन्टरनेटमा पनि मानिसहरूले यसको प्रतिक्रिया दिन धेरै समय लगाएनन् । धेरैले खिल्ली उडाउन थाले । अर्को बिहान चिनियाँ अधिकारीहरूले लामो र थप बलियो प्रतिक्रिया जारी गरे । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण रद्द भएपछि यो बयान आएको हो । यसबारे चीनले भन्यो, ‘अमेरिकाका केही राजनीतिक नेता र मिडियाले चीनलाई बदनाम गर्न यो विषयलाई बढाइचढाइ गरेका छन् ।’

तर त्यही दिन अमेरिकाले अर्को एउटा बेलुन खसाल्यो । यो कदमले चीनलाई थप आक्रोशित बनायो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, ‘यो स्पष्ट रूपमा अत्यधिक प्रतिक्रियाको मामिला हो ।’ चीनले यो ‘गैरजिम्मेवार’ कार्य ‘अस्वीकार्य’ भएको बताएको छ ।

प्रवक्तालाई सोधिएको थियो कि चीनले अमेरिकालाई बेलुनको बाँकी भाग फिर्ता गर्न भनेको हो ? उनले भने, ‘यो हवाईजहाज अमेरिकाको होइन, चीनको हो ।’ चिनियाँ अधिकारीहरूले यसबारे बेइजिङस्थित अमेरिकी दूतावासमा औपचारिक उजुरी दिएका छन् ।

‘ग्लोबल टाइम्स’का पूर्व सम्पादक हु जिजिनले अमेरिकीहरूले तथ्यबाट यो समस्या समाधान गर्न नसकेपछि यो अवस्था अन्त्य गर्न मिसाइल प्रयोग गर्नुपरेको र राजनीतीकरण गरेको आरोप लगाए । यसैबीच, अर्को बेलुन ल्याटिन अमेरिकातर्फ उडिरहेको देखियो । यसबारे चिनियाँ अधिकारीहरूले पनि आफ्नो भएको बताएका छन् ।

यो बेलुन कसले उडाएको भन्नेबारे चीनमा इन्टरनेटमा चर्को बहस भइरहेको छ । धेरैले स्थानीय कम्पनी केम चाइना जुन रबर रिसर्च एन्ड डिजाइन इन्स्टिच्यूटको भनिएको छ, जो चीनमा त्यस्ता उच्च–उचाई बेलुनहरूको उत्पादकहरू मध्ये एक हो ।

केही ब्लगरहरूले दाबी गरेका छन् कि केम चाइना सरकारी कम्पनीको सहायक कम्पनी हो । उसले यी बेलुन बनाएको हो । तर यो कम्पनीसँग एयरशिपको सम्बन्धको कुनै प्रमाण फेला परेको छैन ।

आइतबार यस विषयमा थप अन्योल देखिएको छ । चीनको पूर्वी शानडोङ प्रान्तको तटीय क्षेत्रतर्फ अज्ञात वस्तु उडिरहेको एउटा सञ्चारमाध्यमको समाचारबाट यो भ्रम उत्पन्न भएको हो । सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘सबैभन्दा पहिले अमेरिकाले आफूलाई हेर्नुपर्छ र चीनलाई बदनाम र आरोप लगाउनुको सट्टा आपसी सम्बन्धमा नयाँ सुरुवात गर्नुपर्छ ।’

तर अमेरिकाले चीनको आरोपलाई ठाडै अस्वीकार गरेको छ । यससँगै चिनियाँ सरकारी सञ्चारमाध्यम अर्कै कथामा केन्द्रित भएका छन् । यसमा जापानको ओहायोमा रेल्वे लिकबाट खसेको ट्रेनको उल्लेख गरिएको छ, जसले केही खतरनाक सामान बोकेको थियो ।

फेब्रुअरीको सुरुमा यो ट्रेन दुर्घटनामा परेको थियो । चिनियाँ सञ्चारमाध्यमहरूले अहिले यो विषयलाई कभर गर्न धेरै समय खर्च गरिरहेका छन् । समाचारमा खतरनाक रसायनको फैलावट रोक्न अमेरिकी अधिकारीहरूले तटबाट केही रसायन हटाएको उल्लेख गरिएको छ ।
चीनमा सामाजिक सञ्जालमा यसको निकै चर्चा भइरहेको छ । चीनको ट्वीटर मानिने बिगोमा ओहायो ट्रेन ह्यासट्याग कम्तीमा ६९० मिलियन पटक हेरिएको छ । यस विषयमा ४० भन्दा बढी ह्यासट्याग चलिरहेका छन् ।

सामाजिक सञ्जालमा धेरैले यो दुर्घटना ठूलो विश्वव्यापी वातावरणीय संकट साबित हुनसक्ने लेखेका छन् । धेरैले यो दुर्घटनाको बारेमा अमेरिकामा मिडिया कभरेज किन कम भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । धेरै पढिएको एउटा पोस्टमा भनिएको छ, ‘ओहायो घटनालाई ढाकछोप गर्न बेलुन केस उठाइएको जस्तो देखिन्छ ।’ एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर