कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते ८९ वर्षीया भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ। कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ।

गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ। भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर