पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गरेका छन्।

भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औं अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गरेका हुन्।

भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालकी पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा छन्। प्रतिनिधिमण्डल दुई दिनको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *