बयान फेरेको भन्दै तीन सरकारी साक्षीविरुद्ध अख्तियारले हाल्यो मुद्दा

भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारी साक्षी बनेर अदालतमा बयान फेरेको भन्दै तीन जनाविरुद्ध मद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बद्री आचार्य भन्ने समुद्र आचार्य, चिरञ्जिवी आचार्य र रत्नप्रसाद आचार्यविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्रप्रसाद साहसमेतले घुस लिएर भ्रष्टाचार गरेको मुद्दा विशेष अदालतमा दर्ता भएको थियो। अख्तियारका अनुसार यी तीनले घुस दिएका थिए। तर, उनीहरूलाई सजायमा छुट दिई सरकारी साक्षीको रूपमा पेस गरिएकामा विशेष अदालत, काठमाडौंसमक्ष बकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

अख्तियारका अनुसार बद्री आचार्य भन्ने समुद्र आचार्य र चिरञ्जीवी आचार्यलाई २९ हजार रुपैयाँ र रत्नप्रसाद आचार्यलाई ८५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन-२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजायको मागदाबी लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *