कांग्रेस नेता चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरियो

खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको छ।

भारतको मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा उपचारत कांग्रेस नेता एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको उनको उपचार समन्वयका लागि सँगै गएका नेता योजराज कँडेलले जानकारी दिए।

भण्डारीको अवस्था सामान्य रहेको छ। अब दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने भन्ने कुरा ‘अब्जर्भेशन’पछि मात्र निर्णय हुने उनले बताए।

भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उनको हृदयको चाल पनि सामान्य छ र एन्टिबायोटिक्स निरन्तर दिइरहिएको छ।

बुधबार राति काठमाडाैंमा रहेको घरमा ग्यास चुहिएर भएको आगलागीमा परी गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि बिहीबार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको हो। त्यही घटनामा जलेर गम्भीर घाइते भण्डारीकी आमा हरिकला भण्डारीको बिहीबार बिहान निधन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *