पर्सामा कांग्रेसको प्रशिक्षण सुरु

नेपाली कांग्रेस पर्साले आइतबारदेखि आफ्ना नेता कार्यकर्ताहरूका लागि प्रशिक्षण सुरु गरेको छ। प्रजातन्त्र दिवसको अवसर पारेर आज सुरुआतमा वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका कांग्रेस सभापति, सचिव र महानगर कार्यसमितिका पदाधिकारीहरूलाई प्रशिक्षण दिइएको छ।

जिल्लाका १४ वटै पालिका र ११२ वडाकै नेता कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको पर्सा कांग्रेसले जनाएको छ। कांग्रेसका वडा सभापतिहरूलाई कांग्रेसका स्थानीय नेताहरू विनोद गुप्ता, अमृत जोशी र कञ्चन झाले प्रशिक्षण दिएका हुन्।

गुप्ता र जोशीले नेपाली कांग्रेसको झण्डाको इतिहास, रुख चिह्न र मान्यतासहित सैद्धान्तिक विषयमा जानकारी गराएका थिए। त्यस्तै झाले नेपाली कांग्रेसको इतिहास र पार्टीको विरुद्धमा फैलाइएको भ्रम चिर्न आवश्यक तथ्य र तथ्यांकहरू प्रस्तुत गरेका थिए। निजीकरण र उदारीकरणको उपलब्धिबारे झाले प्रस्ट्याएका थिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य अजयकुमार चौरसियाको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा प्रदेश सभा सदस्य एवं पार्टी सभापति जनार्दनसिंह क्षेत्री विशिष्ट अतिथि थिए। जिल्लास्थित प्रशिक्षण विभागका प्रमुख एवं जिल्ला उपसभापति रामनारायण कुर्मीको सभापतित्वमा प्रशिक्षण भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर