सशस्त्र प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा, भोलि दर्ज्यानी चिह्न लगाउने

सशस्त्र प्रहरी बल, नेपालका ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन्।

गृह मन्त्रालयले चार एसएसपीहरूलाई डीआईजीमा बढुवा गरेको हो। बढुवा हुने एसएसपीहरूमा सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन्।

सशस्त्र प्रहरीमा १६ डीआईजी पदमध्ये ४ वटा रिक्त थियो। मन्त्रालयले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूको बढुवा गरेको हो। मन्त्रालयले उनीहरूलाई २५ माघमा बढुवा गर्न सिफारिस गरेको थियो। उजुरी नपरेपछि उनीहरूकाे बढुवा भएकाे हाे।

एसएसपीहरू दीपेन्द्र शाह, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोखरेल, सुरेशकुमार श्रेष्ठसहित दीपक अधिकारी, कृष्ण ढकाल, विनोदराज श्रेष्ठ र मनिष थापा पनि बढुवाका दाबेदार थिए। उनीहरू सिसं-१ मा इन्स्पेक्टरमा भर्ना भएका अधिकारीहरू हुन्।

बढुवा भएका डीआईजीहरूले सोमबार दर्ज्यानी चिह्न लगाउनेछन्। यद्यपि, बढुवा भएकाहरूमध्ये सुरेशकुमार श्रेष्ठले भने साेमबार दर्ज्यानी चिह्न लगाउन नपाउने भएका छन्। कारण, उनी संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको रूपमा दक्षिण सुडानमा छन्। उनले बिदामा आएर दर्ज्यानी चिह्न लगाउन सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *