बैंकहरू नसच्चिए देशैभर आन्दोलन गर्ने व्यवसायीहरूकाे चेतावनी

बैंकहरूले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरुले पनि आन्दोलन गरेका छन् । आइतबार सिन्धुपाल्चोकका उद्योगी व्यवसायीहरू मिलेर बैंकहरूले चर्को ब्याज लिएको भन्दै आन्दोलनस्वरूप बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध अन्तरक्रिया गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरूले गरेका क्रियाकलाप सधैं अघि बढ्ने हो भने व्यवासायीहरू संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए । उनले बैंकहरू नसच्चिए व्यवसायीहरू द्वन्द्वात्मक ढंगले प्रस्तुत हुन बाध्य हुनुपर्ने बताए ।

उनले बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकले यसमा हेक्का नराखे देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने निश्चित रहेको बताए । उनले व्यवसायीहरूलाई अहिले भइरहेका पीडाको सम्बोधन गर्न र सम्बोधन नभए व्यवसायीहरू पनि प्रतिरक्षात्मक ढंगले उत्रिने चेतावनी दिए ।

उनले व्यवसायीहरूका मागहरू तत्काल सम्बोधन गरेर अर्थतन्त्रलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले बैंक वित्तीय संस्थामा त्रुटिपूर्ण ढंगले भइरहेका गतिविधिहरूलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका महासचिव शम्भु तिमल्सिनाले बैंकहरूले आफूलाई अफ्ठ्यारो पर्दा व्यवहार मिलाउने गरेको आरोप लगाए । उनले बैंकहरूले पहिला ऋणीहरूबाट लिएको बढी ब्याज अहिले धमाधम फिर्ता गरिरहेको बताए । उनले राष्ट्र बैंकले बैंकहरूमाथि नथी लगाएमा बैंकहरू सीमाअनुसार चल्न बाध्य हुने बताए ।

उनले ऋणीहरूलाई सम्झौताभन्दा बेगरको ब्याजदर असुलेर लिने कुरा सह्य नहुने भन्द्रै राष्ट्र बैंकको नीतिअनुसार ऋणको ब्याजदर लिनुपर्ने बताए । उनले यस्ता कुराहरूमा कारोबार गर्नेहरू पनि सचेत रहन आवश्यक रहेको बताए ।

अन्तरक्रियामा सहभागी अन्य वक्ताहरूले कानूनका त्रुटिहरू सच्याएर अघि बढ्नुपर्ने बताए । उनीहरूले देशमै केही गर्छु भनेर लाग्ने व्यवसायीहरूलाई व्यावसायमैत्री वातावरण सिर्जना गर्न सरकारले नसकेको आरोप लगाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर