पाकिस्तानमा जावेद अख्तरको आक्रोश : मुम्बई आक्रमणकारी यहाँ घुमिरहेका छन्

भारतका चर्चित गीतकार तथा लेखक जावेद अख्तरले मुम्बई आक्रमणमा संलग्नहरु अझै खुला रुपमा पाकिस्तानमा घुमिरहेको बताएका छन् । उर्दु सायर फैज अहमद फैजको स्मृतिमा पाकिस्तानको लाहोरमा आयोजित समारोहमा सहभागी हुन पुगेका जावेदले एक अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन् ।

जावेदनको अन्तर्वार्ताको यो भिडियो क्लिप अहिले भारतमा भाइरल भएको छ । उनले कुराकानीमा दुवै देशबीच तनाव कम गर्ने विषयमा चर्चा गरेका छन् तर पाकिस्तान रिसाउनुमा भारतीयलाई दोष दिन नसकिने बताएका छन् ।

कार्यक्रममा दर्शकले उनलाई प्रश्न गर्छन्, ‘तपाईं कतिपटक पाकिस्तान आउनु भएको छ । जब भारत फर्किनुहुन्छ, तब पाकिस्तानीहरु हामीमाथि बमबारी मात्र गर्दैनन्, माला र प्रेमले पनि स्वागत गर्छन् भनेर भन्नुहुन्छ कि हुँदैन ?’

उत्तरमा जावेद भन्छन्, ‘हामीले एकअर्कालाई दोष दिनुहुँदैन । यसबाट केही समाधान हुँदैन । अवस्था तनावपूर्ण छ, यसलाई बुझ्नुपर्छ । हामी मुम्बईका बासिन्दा हौं, हामीले आफ्नो सहरमा आक्रमण देखेका छौं । उनीहरु अरु नर्वे वा इजिप्टबाट आएका थिएनन् । तिनीहरु अहिले तपाईंको देशमा खुला रुपमा घुमिरहेका छन् । यसकारण यदि भारतीयको हृदयमा आक्रोश छ भने तपाईं गुनासो गर्न सक्नुहुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर