राष्ट्रपति चुनावमा ८८१ मतदाता : लक्ष्मी महतो समेटिए, अरुण चौधरी समेटिएनन्

निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको छ। निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतदाता नामावली सार्वजनिक गरेको हो। यसअनुसार संघीय संसद्का ३३१ सांसद र प्रदेश सभाका ५ सय ५० सांसदले मतदान गर्ने भएका छन्।

संघीय संसद्का ३३४ सांसदमध्ये चितवन-२ रिक्त रहेको छ। त्यस्तै निलम्बित सांसद टेकबहादुर गुरुङले पनि मतदान गर्न नपाउने भएका छन्। उनको नाम पनि मतदाता नामावलीमा समावेश छैन। गुरुङ भ्रष्टाचारको अभियोगमा निलम्बित छन्।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश छैन। चौधरी पक्राउ परेको सूचना संसद् सचिवालयमा सुनाइएको अवस्थामा मतदाता नामावली अन्तिम गरिएका कारण उनको नाम समावेश नभएको हो। चौधरी राष्ट्रपतिबाट माफी पाएर जेलमुक्त भइसकेका छन्। फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश छ।

निर्वाचन तालिकाअनुसार मतदाता नामावलीमाथि बिहीबारसम्म दाबी विरोध गर्न पाइनेछ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी नियमावलीमा निर्वाचन आयोगले संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट पदमा बहाल रहेका सांसदहरूको सूची मगाएर मतदाताको नामावली अन्तिम गर्ने व्यवस्था रेहको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर