गोली लागेको अवस्थामा प्रहरी जवान मृत फेला

सुर्खेतमा गोली लागेको अवस्थामा एक जना प्रहरी जवान मृत भेटिएका छन्।

दार्चुला घर भई कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा आज बिहान मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विक आफैंले बोकेको एसएलआर राइफलको गोली दायाँ कन्चटमा लागेको छ। घटना आज बिहान २:५६ बजेतिरको हो। प्रहरी जवान विकले आफैंलाई गोली हानेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ तर आधिकारिक पुष्टि भने भएको छैन।

उनको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर