माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीकाे  बैठक बस्दै छ। राष्ट्रपतिको निर्वाचन र भावी सत्ता समीकरणबारे छलफल गर्न बैठक बस्न लागेकाे हाे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी नेताहरूले बिहीबार एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरेका थिए।

सिंहदरबारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरूले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका थिए।

छलफलमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू त्यसमा सहमत रहेको र कांग्रेससँग पनि कुरा गर्नुपर्ने बताएका छन्।

कांग्रेससँग साँझ ५ बजे छलफल गर्ने तयारी छ। त्यसअघि माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरूबीच छलफल हुन लागेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर