यूएई जाने टोलीमा सन्दीप नपरेपछि रोहितले भने- अरू खेलाडीले जिम्मा लिनुपर्छ

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्त्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन् ।

यूएईमा हुन लागेको आईसीसी विश्वकप लिग-२ शृंखलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य स्पिनरले जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितले सन्दीपको स्थान अन्य बलर तथा स्पिनरले लिनुपर्ने बताए । उनले सन्दीप टोलीको महत्त्वपूर्ण बलर भएको र ४ खेलमा १३ विकेट लिँदा टोलीलाई सहज भएको बताए ।सन्दीपको अनुपस्थितिमा टोलीलाई धेरै खाँचो पर्ने तर उनको स्थानलाई अन्य खेलाडीले लिनुपर्ने बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार यूएई भ्रमण गर्दैछ । यूएई भ्रमणको क्रममा नेपालले आयोजक यूएई र पपुवान्युगिनीसँगै दुई खेलको क्रिकोणात्मक शृंखला खेल्ने तालिका रहेको छ ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई अदालतले विदेश जान रोक लगाएको छ । त्यसैले नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई टिममा समावेश गरेको छैन । भ्रमणको क्रममा नेपालले यूएईको भूमिमा चार खेल खेल्नेछ भने लगत्तै नेपाल फर्किएर थप उनै टोलीसँग थप चार खेल खेल्नेछ । यूएई भ्रमणअन्तर्गत नेपालले पहिलो खेल २७ तारिखमा पपुवान्युगिनिसँग खेल्नेछ भने दोस्रो खेल २ मार्चमा यूएईसँग हुनेछ । यस्तै तेस्रो खेल ३ मार्चमा पपुवा न्युगिनीसँग पुनः हुनेछ भने ६ मार्चमा घरेलु टोली यूएईसँग दोस्रो खेले खेलेर स्वदेश फकिर्नेछ ।

लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ५ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।

नेपाली टोली-
रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जि.सी र श्याम (मौसम) ढकाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर