विदेश जान पाउनुपर्ने माग गर्दै सन्दीपले दिएको निवेदनमा सर्वोच्चमा सुनुवाइ सुरु

क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

उच्च अदालतले २८ पुसमा धरौटीमा छाड्न आदेश दिँदा उपत्यका छाड्न नपाइनेलगायतका शर्त राखेको थियो। त्यहीकारण लिग–२ को त्रिकोणात्मक सिरिज खेल्न यूएई जान नपाउने भएपछि सन्दीप विदेश जान लगाएको रोक हटाउन माग गर्दै सर्वोच्च गएका थिए।

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन दिएको थियो। यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो। तर, यो रिट भने शुक्रबार हेर्न नभ्याइनेमा परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *