ओली बाहिरिएसँगै बालुवाटार छिरे कांग्रेस नेता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ।

बालुवाटारमा उनीहरूबीच राष्ट्रपति निर्वाचनलगायत विषयमा आज अपराह्न छलफल भएको थियो।

ओलीले गत पुस १० गतेको सहमतिअनुसार नै अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए। पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि राष्ट्रपति एमालेलाई दिने सहमति भएको एमाले नेताहरूको दाबी छ।

एमाले अध्यक्ष ओली बालुवाटारबाट निस्केपछि नेपाली कांग्रेसलगायत दलका नेताहरू बालुवाटार प्रवेश गरेका छन्।

आज बिहान पनि कांग्रेससहित चार दलका नेताले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गरी निर्णय लिन अपराह्न ५ बजेका लागि बैठक राखिएको थियो।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू बालुवाटार पुगेका हुन्। माओवादी, जसपा, नेकपा एकीकृत समाजवादीलगायत दलका शीर्ष नेताहरू पनि बालुवाटार जाँदैछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर