भैरहवा विमानस्थल सञ्चालन गरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न माग

भैरहवा विमानस्थल सञ्चालन गरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसद वासुदेव घिमिरेले माग गरेका छन्।

शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन्। विमानस्थल निर्माण भएको एक वर्ष पूरा हुँदा समेत पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको बताए।

समय अघि हप्ताको दुईवटा उडान भए पनि अहिले बन्द भएको बताए। उनले भैरहवा विमानस्थल सञ्चालनमा भारतले अनुमति नदिएकाले उडान हुन नसकेको सञ्चारमाध्यममा आएकाले त्यो सम्बन्धमा सम्बन्धित मन्त्रालयले संसदलाई स्पष्ट जानकारी दिन माग गरे।

उनले भने, ‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको एक वर्ष पुग्न लागेको छ। पूर्णरुपमा अहिलेसम्म सञ्चालनमा आउन सकेन। केही समय अघि हप्ताको दुई वटा उडान भएको थियो। अहिले बन्द भएको छ। मौसम खराबी हुँदा माघ ४ गते नेपाल एयरलाइन्सको विमान भारतको कोलकत्ता लगेर अवतरण गरिएको थियो। अहिले पत्रपत्रिकाहरुमा भारतले अनुमति नदिएको कारण रोकिएको भन्ने बुझिएको छ। यो के हो। सम्बन्धित मन्त्रालयले संसदमा स्पष्ट पार्न अनुरोध गर्दछु। निर्माणको क्रमसँगै निजी क्षेत्रले पर्यटन क्षेत्रमा ४० अर्ब बढी लगानी गरेको छ। लगानी संकटमा परेको अवस्था छ। संकटलाई तत्काल मुक्त गराउनको लागि सरकारसँग माग गर्न चाहन्छु।’

उनले विमानस्थल निर्माणसँगै निजी क्षेत्रले पर्यटन क्षेत्रमा ४० अर्ब बढी लगानी संकटमा परेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *