‘राष्ट्रिय सहमतिका लागि राष्ट्रपति कांग्रेसलाई दिऔं भन्दा ओलीले नमानेपछि नयाँ गठबन्धन बन्यो’

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आठ राजनीतिक दलहरूबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्।

उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि आफूले ८ राजनीतिक दलहरूसँग सहमति गरेर अघि बढ्नुपरेको बताए।

शनिबार काठमाडौंमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह अस्वीकार गरेपछि आफूले नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने निर्णय लिएको जिकिर गरे।

उनले लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णयबाट आफू खुशी र गौरवान्वित भएको पनि बताए। प्रधानमन्त्री दाहालले एमाले प्रतिपक्षमा भइसकेको उल्लेख गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेर जाने बताए।

प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रको हित प्रतिकूल हुने गरी कहीँ पनि सम्झौता नगर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर