सन्दीपसँग सम्बन्धित रिट ‘हेर्दाहेर्दै’ मा, भोलि फेरि सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित दुई वटा निवेदनको सुनुवाइ भोलि पनि हुने भएको छ। आज बहस नसकिएपछि भोलि फेरि सुनुवाइ हुने भएको हो।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा सुनुवाइ सुरु गरेको थियो। बहस नसिकएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधिवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै निवेदन दिएको छ।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *