सरकार छाड्ने र समर्थन फिर्ता लिने एमालेको निर्णय

नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेको एमालेको भनाइ छ।  प्रधानमन्त्री दाहालले परराष्ट् मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रद्द गरिदिएको एमालेको भनाइ छ।

प्रधानमन्त्रीले सरकारबाट हटाउने, बर्खास्त गर्ने वा विनाविभागीय मन्त्री बनाउनेजस्ता अभिव्यक्ति दिएकोले पनि यस्तो निर्णयमा पार्टी पुगेको पौडेलले बताए।

उनले राष्ट्रपति निर्वाचन तयारीमा पार्टी जुटेको र विजयी हुनेसमेत बताए। नेता पौडेलका अनुसार सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गरेको हो। प्रदेशबारे भने एमालेले अहिले कुनै निर्णय नगरेको उनले बताए।

सरकारबाट बाहिरिने निर्णयसँगै पार्टीका मन्त्रीहरूले आजै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर