पार्किङ निषेधविरुद्ध दरबारमार्गका व्यवसायीकाे प्रदर्शन

काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

सोमवार दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन् ।

लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले पहिले सञ्चालन भइरहेको पार्किङ हटाएपछि विरोध गरेका छन् । दबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले महानगर जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गको व्यापारी ६० प्रतिशतले गिरावट आएकाले बिरोध गर्न बाध्य भएको बताए ।

उनले दरबारमार्गका व्यवसायीहरुले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउने र हजारौंलाई रोजगारी दिएपनि महानगरले पार्किङ हटाएकाले व्यवसाय धरासाही बनेको बताए । उनले दबारमार्गको एकतर्फि पार्किङ कायम गर्नुपर्ने बताए । उनले महानगरले पार्किङको विकल्प नदिएसम्म निरन्तर आन्दोलन गर्ने बताए ।

व्यवसायी किरण गुरुङले दरबारमार्ग नेपालको मिटिङ प्वाइन्ट र राजधानीको अनुहार भएको बताए । उनले महानगरले विकास बोर्डलाई कुनै खबर नगरी अचानक बन्द गरेको आरोप लगाए ।

महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ नभएपछि व्यवसायीहरुले सटरभाडा समेत व्यवसायीरुले महानगरसँग वार्ता गर्ने भनेपनि महानगरले बेवास्ता गरेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर