एलन मस्क फेरि विश्वकै धनी

एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्गको तथ्यांकअनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन्।

सीएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइस भुटन मोएट हेनेसी (एलभीएमएच) का सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट उछिनेर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहँदै आएका थिए।

सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्क पुनः विश्वका धनी व्यक्तिको सूचीमा शीर्ष स्थानमा फर्किएका हुन्।

मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ। जब अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ।

मस्कले ट्विटर किनेपछि प्रविधिमा फराकिलो बजार मन्दीको बीचमा गत वर्ष टेस्लाको स्टकमा तीव्र रूपमा गिरावट आएको थियो। इलेक्ट्रिक वाहन निर्माता टेस्लाको शेयर २०२३ सुरु भएदेखि भने बढेको छ।

मस्कले हाल विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि मात्र होइन उनले इतिहासमा धेरै घाटा खाने व्यक्तिको रेकर्ड पनि राखेका छन्। गत वर्षको अन्त्यमा मस्क २०० बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए। उनको कुल सम्पत्ति नोभेम्बर २०२१ मा करिब ३४० बिलियन डलरबाट डिसेम्बर २०२२ मा १३७ बिलियनमा झरेको थियो।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सले न्यूयोर्कमा हरेक व्यापारिक दिनको अन्त्यमा विश्वका धनी व्यक्तिहरूको सम्पत्तिको तथ्यांक अद्यावधिक गर्दछ। ब्लूमबर्ग इन्डेक्सका अनुसार अमेजनका संस्थापक जेफ बेजोस अहिले विश्वको तेस्रो धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति हाल ११७ बिलियन डलर छ।

पछिल्लो तथ्यांकले यो पनि देखाएको छ कि भारतीय अर्बपति गौतम अडानी, जो यस वर्षको सुरुसम्म विश्वको तेस्रो धनी व्यक्ति थिए, अब ब्लूमबर्गको सूचकांकमा ३२ औं स्थानमा झरेका छन्। यसैबीच मुकेश अम्बानी ८१.१ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वको दशौं धनी व्यक्ति हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर