नारायणी नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्‍याे उद्धार

चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदीमा हाम फालेका एक जना युवकको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सोही जिल्लाको खैरहनी नगरपालिका-९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फालेका थिए । सोबारे जनाकारी पाएलगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल, नेपाल इमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थलभन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट जीवितै उद्धार गरेको हो।

उद्धारपश्चात् उनलाई उपचारका लागि स्थानीय अस्पतालतर्फ पठाइएको छ ।

यसैबीच तनहुँ जिल्लाकोे आबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दीमा नदीमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले फागुन १६ गते फेला पारेको छ ।

सोही जिल्लाको आँबुखैरेनी गाउँपालिका-३ बस्ने ३६ वर्षीय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्कविहीन रहेका थिए । उनले प्रयोग गरेको स्कुटर
आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मर्स्याङ्दी नदीको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो ।

सोबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गर्दा उनको शव झोलुङ्गे पुलमुनि पानिभित्र फेला पारी बाहिर निकालेको हो। उनको शव पोष्टमार्टमका लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर