भारतमा हुने जी २० बैठकमा चिनियाँ विदेशमन्त्री सहभागी हुने

भारतमा आयोजना हुने जी २० मुलुकका विदेशमन्त्रीको बैठकमा चिनियाँ विदेशमन्त्री छिन काङ सहभागी हुने भएका छन् । चीनले मंगलबार आफ्नो विदेशमन्त्रीको सहभागिताबारे टुंगो लगाएको भारतीय सञ्चारमाध्यम एएनआईन्युजले जनाएको छ ।

‘जी २० ले विश्वमा देखिएको आर्थिक चुनौतीलाई प्राथमिकतामा राख्नुपर्छ,’ नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, ‘चीन जी २० विदेश मन्त्रीहरुको बैठकमा सहभागिताको लागि तयार छ, जसले बहुपक्षीयतावादको पक्षमा सकारात्मक सन्देश दिनेछ ।’

जी २० को अध्यक्षता हाल भारतले गरिरहेको छ । भारतको दिल्लीमा आगामी १ र २ मार्चमा विदेशमन्त्रीहरुको बैठक बस्नेछ । बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने र विश्वमा भारतको बढ्दो प्रभावबारे धारणा राख्ने अपेक्षा गरिएको छ ।

नयाँ दिल्लीमा हुने बैठकमा अमेरिका, रुस, बेलायत देशका विदेशमन्त्री पनि सहभागी हुनेछन् । सबै गरी ४० देशका प्रतिनिधि र विभिन्न संगठनका प्रतिनिधि पनि बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर