प्रदेश १ : ‘कोशी’ नामकरणका लागि एमाले र कांग्रेसले दर्ता गरे प्रस्ताव

प्रदेश १ को प्रदेश सभामा प्रदेशको नाम कोशी राख्ने प्रस्ताव दर्ता भएको छ। एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको हो।

अर्को सत्तारूढ दल माओवादी केन्द्रले पनि उक्त प्रस्तावमा फरक मत नराख्ने बताएको छ। सत्ताको नेतृत्व गरिरहेको एमाले र विपक्षी कांग्रेस एकमत भएर प्रदेशको नाम राख्न लागेपछि माओवादी केन्द्रले पनि यसमा अवरोध नगर्ने, फरक मत नराख्ने वचन दिएको कांग्रेस नेताहरूले बताएका छन्।

माओवादी नेताहरूले आफूले नभई जनताले नै पहिचानको मुद्दा छोडेको बताएका छन्। उनले दलको बैठकबाट कोशीमै मतदान गर्ने निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर