ग्रीसमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु, ८५ घाइते

मंगलबार राति ग्रीसमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। ८५ जनाभन्दा धेरै घाइते भएका छन्।

ग्रीसमा भएको यो रेल दुर्घटना दशकयताकै सबैभन्दा घातक रहेको र दुर्घटनाको कारण स्पष्ट हुन सकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

ग्रीसको लारिसा शहर नजिकैको मध्य ग्रीसको टेम्पीमा मंगलबार साँझ ३५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किएको ग्रीसको फायर सर्भिसलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

घटनास्थलमा उद्धारकर्मीहरूले उद्धारको प्रयास गरिरहेका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर