प्रदेश नामकरणमा विरोध हुन सक्ने भएपछि विराटनगरमा ‘कर्फ्यु’

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार दिउँसो ३ बजेदेखि विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रमा भेला, जुलुस, धर्नालगायत गतिविधि गर्न निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले विज्ञप्ति जारी गर्दै प्रदेशको नामांकनको विषयमा शान्ति सुव्यवस्थामा खलल पुग्ने गतिविधि हुन सक्न भन्दै देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्रीको निवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर निषेधाज्ञा जारी भएको बताएका छन्।

निषेधाज्ञा जारी भएका ठाउँमा सभा, जुलुस, भेला, ¥याली, धर्नाजस्ता कार्य गर्न प्रतिबन्ध लगाइएको छ।

अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा कायम रहने उल्लेख गरिएको छ।

आज प्रदेश सभामा प्रदेश १ को नामका लागि दुई प्रस्ताव दर्ता भएका छन्। एमालेले कोशी नाम राख्न प्रस्ताव दर्ता गरेको छ। एमालेको प्रस्तावमा यसअघि समर्थक बसेको कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले भने प्रदेशको नामा किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव दर्ता गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर