प्रदेश १

‘कोशी प्रदेश’ नामकरण प्रस्तावमा कांग्रेसले लियाे समर्थन फिर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने प्रस्तावमा समर्थन फिर्ता लिएको छ ।

उक्त प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।

कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले कोशी प्रदेश नामकरण प्रस्तावमा एमाले प्रस्तावक र कांग्रेस र माओवादी केन्द्र समर्थक बस्ने सहमति भएको बताए । तर प्रस्ताव दर्ता गराउने बेलामा माओवादी पूर्वसहमति अनुसार समर्थक नबसेकाले कांग्रेस पनि समर्थन फिर्ता लिएको उनको भनाइ छ । उनले समर्थन फिर्ता लिए पनि मतदान कोशी प्रदेशमा नै गर्ने बताए ।

कोशी प्रदेश ननमकरणका लागि दर्ता गरिएको प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी, एमालेका निरन राई र बिदुरकुमार लिङ्थेप समर्थक रहेका छन् ।

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरण गर्नैपर्ने अवस्था भएकाले कोशी प्रदेशमा नै मतदान गर्ने निर्णय भएको बताए ।

प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा ‘किरात–लिम्बुवान–सगरमाथा प्रदेश’ नामकरणका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । यी दुई वटा प्रस्ताव सदनमा पेस हुने भएको हो ।

६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरेपनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ ।

प्रदेश सभाको नामकरणका लागि प्रदेश सभामा कायम रहेका दुई तीहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यबस्था छ ।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाका १ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर