नामकरण प्रस्तावमा छलफल गर्न प्रदेश १ सभाकाे बैठक जारी

नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेश सभाको बैठक सुरु भएको छ । प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो ।

एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको पक्षमा मतदान गर्ने बताएका छन् । प्रदेशको नाम प्रदेश सभाको दुई तिहाइ बहुमतले राख्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा एमाले, कांग्रेस र माओवादी केन्द्रको सदस्य संख्या दुई तिहाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर