संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिन्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको बताएका छन् ।

बुधबार जनकपुरमा आयोजित मधेस प्रज्ञा-प्रतिष्ठानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले सरकारले चाँडै नै संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन पास गर्नुपर्ने बताए ।

उनले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधन स्रोत नहुँदा आवश्यकताअनुसार काम गर्न नसकेको दाबी गरे । अध्यक्ष यादवले संघीय निजामती ऐन तत्काल पास गरेर प्रदेशमा कर्मचारीतन्त्र स्थापना गर्नुपर्ने र प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न जरुरी भइसकेको बताए ।

अध्यक्ष यादवले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता फर्काउने आवाज उठे पनि अब सम्भव नरहेको दाबी गरे। उनले लोकतन्त्र र गणतन्त्रको विकल्प अरू हुनै नसक्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर