सन्दीप लामिछाने दुबई प्रस्थान

क्रिकेटर सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् । उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

सर्वोच्च अदालतले विदेश जान अनुमति दिएपछि क्यानले उनलाई यूएई पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो ३ बजे यूएई गएका हुन् ।

क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *