प्रदेश १ काे नाममाथि प्रदेश सभामा छलफल सकियाे, २ घण्टा बैठक स्थगित

प्रदेश नम्बर १ प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । प्रदेश १ को नामकरणबारे छलफल गर्न बुधबार दिउँसोबाट सुरु भएको बैठक २ घण्टालाई स्थगित गरिएको सभामुख बाबुराम गौतमले जानकारी दिएका हुन् ।

एमालेले प्रदेश १ को नाम कोशी प्रदेश राखेको त्यस विषयमा संशोधन गर्नका लागि बैठक २ घण्टा स्थगित गरिएको हो । दुई घण्टापछि सुरु हुने बैठकमा प्रदेश १ नामकरणका सन्दर्भमा मत गरिनेछ । त्यसका लागि प्रदेशसभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरिसकेको छ ।

प्रदेश सभाको पहिलो बैठकमा प्रदेशको नाम ‘कोशी’ प्रस्ताव पारित भएर छलफलको चरण गइसकेको छ भने नेकपा एकीकृत समाजवादी र जसपाले राखेको किरात लिम्बुवान सगरमाथाको प्रस्ताव भने प्रदेशसभाले अस्वीकृत गरेको छ ।

बैठकमा कोशी प्रदेशको पक्षमा ८२ जनाले हात उठाएका थिए भने ४ जनाले विपक्ष हात उठाएका थिए ।

एमालेले दर्ता गराएको कोशी प्रदेशमा माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपाका सांसदले समर्थन जनाएका छन् । अब, दुई घण्टापछि बस्ने बैठक नाम संशोधनसँगै मत विभाजन गर्ने समय छ । र, यदि उक्त समयपछि पनि ‘कोशी’ नै प्रदेशको नामकरण गर्न दुईतिहाई मत आए सोही नाम अन्तिम हुनेछ । कूल मतमध्ये दुई तिहाई मतका लागि ६३ मत आवश्यक पर्छ ।

संसदबाहिर विरोध

प्रदेश १ को संसदभित्र प्रदेशको नाम ‘कोशी’ भनेर टुंगोमा पुर्याउनै लाग्दा संसद परिसर बाहिर पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्नै भन्दै विरोध चर्किरहेको छ ।

प्रदेशको नाम बहुमतले ‘कोशी’ राख्ने निश्चित भएपछि आफ्नो पहिचान खोसिएको भन्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले संसदबाहिर कडा विरोध प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर