शर्मिला वाइबाद्वारा विष पिएर आत्महत्या गर्ने प्रयास

आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहने शर्मिला वाइबाइले विष पिएकी छन् । आत्महत्या गर्ने उद्देश्यले काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा उनले विष पिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं प्रहरीका अनुसार हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक नरहे र विष पिउनुको कारण उनले बताउन नचाहेको प्रहरीले जनाएको छ । हालै मात्र उनी पत्रकार ऋषि धमलाको नामसँग जोडेर विवादमा आएकी थिइन् ।

आफूलाई सामाजिक अभियन्ता बताए पनि वाइबा युट्युबमा विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आउने गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर