सशस्त्र इकाइको आधारभूत आवश्यकता व्यवस्थापनमा तीव्रता दिन निमित्त सशस्त्र प्रहरी प्रमुख पौडेलको निर्देशन

निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालयहरुमा प्रमुखको रुपमा जिम्मेवारी पाएका सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई संगठनको लक्ष्य र उद्देश्य अनुरुप कार्य गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार निर्देशन सम्बोधन कार्यक्रममा उनले नेतृत्वमा रहँदा आफु मातहतका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत जिम्मेवारीबोधका साथ कार्य गर्न प्रेरित गर्नुपर्ने उल्लेख गर्दै संगठनको लक्ष्य, उद्देश्य र योजनामा रहेर उच्च स्तरको जिम्मेवारी बोधकासाथ कार्य गर्न निर्देशन दिए ।

अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका इकाइहरुको आधारभूत आवश्यकताको व्यवस्थापनलाई तीब्रता दिनुपर्ने उल्लेख गर्दै बडी मास इन्डेक्स (बिएमआई)का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डलाई प्राथमिकताकासाथ लागू गर्नुपर्नेमा समेत जोड दिए ।
उनले सीमामा हुने अवैध गतिविधि, चोरीतस्करी निकासी नियन्त्रणमा गम्भिर भएर लाग्न र आर्थिक पारदर्शीतामा शुन्य सहनशिलताको नीति अवलम्वन गरी मानवअधिकारको पूर्ण पालना गर्दै कर्तव्य निर्वाहमा कटिवद्ध रहन निर्देशन दिए ।

उनले अन्य सरोकारवाला निकाय र सुरक्षा नियकाहरुसँगको समन्वय, सहकार्य र सहयोगमा कार्य गर्नुपर्ने बताउँदै भेटघाट आचारसंहिताको समेत पूर्ण पालना गरी कुनैपनि प्रकारका जन गुनासोहरु नआउने गरी कार्य गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आफ्नो क्षेत्राधिकार भित्रको संवेदनशिलता, प्रकृती र विपद् सँग सम्बन्धित प्रतिकार्य योजनाहरु बनाउँदै अघि बढ्नुपर्ने बताए । साथै मानवअधिकारको सम्मान गर्दै कुनै पनि प्रकारको कमीकमजोरी नआउने गरी कार्य गर्न निर्देशन दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा क्षेत्रका हरेक गतिविधिहरुलाई उच्च सतर्कता र चनाखो भई समकक्षीहरुसँग समन्वय र सहकार्यमा सीमा सुरक्षा व्यवस्थापन, चोरीतस्करी नियन्त्रण लगायतका कार्यहरु त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्ने बताउँदै सीमा सुरक्षाको चुनौतीहरुलाई सुक्ष्म ढंगले अध्ययन गरी चुस्त, दुरुस्त कार्य गर्न निर्देशन दिए ।

कार्यक्रममा सरकारको यही फागुन १४ गतेको निर्णयले बाहिनीपति, रा.स.प्र.बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा तालिम शिक्षालयहरुमा समादेशकको रुपमा खटिईजान लागेका सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु लगायत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर