सशस्त्रका डीआईजी श्रेष्ठले दक्षिण सुडानमै लगाए दर्ज्यानी चिह्न

सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सुरेशकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाएका छन्। भ्रमणको क्रममा दक्षिण सुडान पुगेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डीआईजी श्रेष्ठलाई श्रेष्ठकै कार्यकक्षमा दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

श्रेष्ठ नेपाल सरकार प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको फागुन ४ गतेको निर्णयले एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए। उनीसँगै अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा पनि एकसाथ बढुवा भएका थिए। बढुवा भएका तीन डीआईजीहरूले भने फागुन ८ गते नै दर्ज्यानी चिह्न लगाइसकेका थिए।

डीआईजी श्रेष्ठले भने त्यहीबीच दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको कार्यभार सम्हाल्न गएकाले दर्ज्यानी चिह्न लगाउन पाएका थिएनन्।

दक्षिण सुडानको जुवामा मेडल परेड कार्यक्रममा सहभागी भएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले डीआईजी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *