होली पर्वलाई सभ्य र मर्यादित बनाउन काठमाडौं प्रहरीको १२ अनुरोध

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वलाई सभ्य र मर्यादित भई मनाउन काठमाडौं प्रहरीले अनुरोध गरेको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। यस वर्ष फागुन २२ गते पहाडी र २३ गते तराईका जिल्लामा होली पर्व मनाइँदैछ।

यस्ता छन् प्रहरीको अनुरोध

• होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाऔं ।
• आत्मिय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरुसंग मात्र होली खेलौं ।
• होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगरौं । अपरिचित मानिसहरुको समूहमा होली नखेलौं ।
• कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔ, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं ।
• महङ्गा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔँ । अपरिचित मानिसले दिएको कुनैपनि खानेकुरा नखाऔँ ।
• ट्राफिक नियमको पुर्ण रुपले पालना गरौं । आफू बचौँ र अरुलाई पनि बचाऔँ ।
• मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऔं ।
• अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारका दुर्व्यवहार नगरौं ।
• रेलिङ नभएको छत तथा सडकमा होली नखेलौं ।
• भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा स्न्याचिङ जस्ता घटनाहरु हुने सम्भावना बढी हुने हुदाँ सावधान रहनुहोला ।
• कुनै पनि अपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल प्रहरीको हट लाईन न. १०० मा फोन गरौं ।
• नियम विपरित कार्य गर्ने व्यक्ति उपर कानुन बमोजिम सजाय तथा जरिवाना हुने समेत जानकारी गराउदछौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *