‘२०४६ सालयताका भ्रष्टहरूलाई छानबिन गरेर कारबाही गर्न दलहरू तयार हुनुपर्छ’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहकरू र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरूले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने उनले बताएका हुन्।

भ्रष्ट्राचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले २०४६ सालयताका भ्रष्टहरूलाई छानबिन गरी कारबाही गर्न दलहरू तयार हुनुपर्ने बताए।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढ्नुपर्ने बताए। भ्रष्टहरूलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उनले बताए।

अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरूलाई सशक्त बनाउनुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *