९ वटा सामुदायिक विद्यालयलाई एनएमबी बैंकको १०० वटा डस्टबिन सहयोग

एनएमबी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाकोे धुलाबारीमा १०० वटा डस्टबिन वितरण गरेको छ ।

उक्त सहयोग सो समुदायका विद्यालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक विद्यालयमा वितरण गरिएको हो । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहजीकरण गरेको थियो ।

सो कार्यक्रममा बैैकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनियर बिजनेश म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति थियो । साथै खानेपानी कार्यलयबाट अध्यक्ष अजय घिमिरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिति थियो ।

एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको दि ब्यांकर पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एशिया २०२१ बाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ ।

एनएमबी बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर