मुस्ताङ बौद्ध कलेजबारे ओलीको अभिव्यक्तिमा एमालेकै नेताले उठाए प्रश्न

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको बारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमा एमालेकै नेताले प्रश्न उठाएका छन्।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका थिए।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको आरोप थियो।

ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गरेका थिए।

उनकै पार्टीका नेता तथा गण्डकी प्रदेश सभाका पूर्वसदस्य ईन्द्रधारा विष्टले बौद्ध विश्वविद्यालयबारे ओलीको अभिव्यक्तिको सामाजिक सञ्जालमार्फत खण्डन गरेका हुन्। एमाले गण्डकी प्रदेश सदस्य विष्टले पढेको र बुझेको सबै यथार्थ नहुने बताउदै अध्यक्ष ओलीले भनेजस्तो मुस्ताङमा बौद्ध विश्वविद्यालय स्थापना गर्ने नभई बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँ मात्र बनाउन लागिएको बताएका छन्।

साथै मुस्ताङमा बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँ आवश्यक रहेको त्यसैलाई मध्यनजर गरी साक्या बौद्ध संघले गरेको प्रयासमा भारतीय राजदूतावासबाट सहयोगको आश्वासन आएको तथा प्रक्रिया पूरा गर्न भने बाँकी रहेको बताएका छन्।

ओलीले दिएको अभिव्यक्तिले आफूहरूलाई असहज महसुस भएको बताउँदै विष्टले उनको सो अभिव्यक्तिले एमाले मुस्ताङको भविष्यमाथि समेत चुनौती थपेको र प्रश्न उठेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर