दक्षिणपश्चिम पाकिस्तानमा आत्मघाती बम विष्फोट, ९ सुरक्षाकर्मीको मृत्यु, १३ घाइते

दक्षिणपश्चिम पाकिस्तानमा आत्मघाती बम विष्फोटमा परी नौ सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै कम्तीमा १३ जना घाइते भएका छन्।

बलुचिस्तान प्रान्तमा एक वार्षिक सांस्कृतिक कार्यक्रम सिबी उत्सवमा प्रहरी परिचालन गरेर अधिकारीहरू प्रान्तीय राजधानी क्वेटा फर्किंदै गर्दा विस्फोट भएको हो।

प्रारम्भिक प्रमाणले यो आत्मघाती हमला भएको देखाएको प्रहरीले जनाएको छ। बीबीसीका अनुसार घटनास्थलका तस्बिरहरूमा प्रहरी ट्रकलाई कुचेको र पल्टिएको देखिएको छ, जमिनमा रगतको दाग छ।

रोयटर्सले आक्रमणकारीले ट्रकमा मोटरसाइकल ठोक्याएको उल्लेख गरेको छ। घटनाको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको निन्दा गर्दै यसलाई ‘देशमा अस्थिरता सिर्जना गर्ने नराम्रो योजना’ को एक हिस्सा भनेका छन्।

बलुचिस्तान सरकारले आक्रमणको निन्दा गर्दै अनुसन्धान भइरहेको बताएको छ। उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ र प्रमाण जुटाउन बम डिस्पोजल टोली घटनास्थलमा रहेको अधिकारीहरूले बताएका छन्।

बलुचिस्तानका मुख्यमन्त्री अब्दुल कुद्दुस बिजेन्जोले प्रान्तमा शान्तिविरुद्ध हुने यस्ता सबै षड्यन्त्र जनताको समर्थनमा असफल बनाइने बताएका छन्।

बलुचिस्तानको काच्ची जिल्लाका उपायुक्त आगा समिउल्लाहले आक्रमण प्रान्तीय राजधानी क्वेटाबाट करिब १५० किलोमिटर (९३ माईल) पूर्वमा रहेको जिल्लाको काम्ब्रि ब्रिज क्षेत्रमा सोमबार बिहान भएको बताए। समिउल्लाहले ट्रकमा प्रान्तीय प्रहरी बलको शाखा बलुचिस्तान कन्स्टेबुलरीका २२ जना सदस्य सवार रहेको बताए।

काछीका वरिष्ठ प्रहरी अधिकारी महमूद नोतेजाईले घाइतेहरूलाई सिबीको संयुक्त सैनिक अस्पतालमा लगिएको बताए।

बलुचिस्तान पाकिस्तानी राज्यसँग लडिरहेका जातीय बलुच विद्रोही समूहहरूको दशकौं पुरानो प्रान्त हो। उनीहरूले यस प्रान्तको ग्याँस र खनिज स्रोतहरूको दोहन भइहरहेको आरोप लगाउँदै आएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर