पाैडेल र नेम्वाङलाई नेमकिपाको पत्र- एमसीसी खारेजीको वचन आए भोट दिन्छौं

नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति चुनावमा एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई सघाउने बताएको छ।

नेमकिपाले यही व्यहोराको चिठी लेखेर राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङलाई पठाएको छ।

पार्टी अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रेम सुवालले राष्ट्रपति चुनावमा एमसीसी खारेज गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाउनेलाई मत दिने बताएका छन्।

उनले राष्ट्रपति उम्मेदवारहरूले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताए। दुवै राष्ट्रपति उम्मेदवारहरू भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उनले सुनाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर