राष्ट्रपति निर्वाचन-२०७९

प्रधानमन्त्री प्रचण्डसहित गठबन्धनका शीर्ष नेताले गरे मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको संघीय सांसद मतदान केन्द्रमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका शीर्ष नेताहरूले  मतदान गरेका हुन्।

राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन्।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।

कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर