राष्ट्रपति निर्वाचन-२०७९

राष्ट्रपति निर्वाचनमा १ बजेसम्म खस्यो ६९४ मत

राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ ।

निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *