सत्ता सहकार्यबारे ओलीलाई गगनको जवाफ- २०८४ अघि सम्भव छैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन्।

बिहीबार राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्।

यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग एमालेको सहकार्य हुनसक्ने बताएका थिए।

‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम आएको छैन,’उनले भनेका थिए।

केहीबेरपछि मतदान गरेका थापाले एमालेले पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि ऊसँग संसद्को यो कार्यकालमा सहकार्य नहुने बताएका हुन्।

‘एउटै कुरामा एउटा पार्टीलाई कतिपटक धोका दिने? पुस १० गते उहाँले के गर्नुभयो भन्ने त सबैलाई थाहा भइसक्यो,’ थापाले भने,‘२०८४ को चुनावपछि उहाँ प्रमुख प्रतिपक्षीको नेता हुनुहुन्छ। हामी सहकार्यको प्रस्ताव लिएर बालकोट भेट्न जान्छौं, त्योभन्दा अघि सम्भव छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर