राष्ट्रपति निर्वाचन-२०७९

४ बजेदेखि मतगणना, परिणामपछि आजै प्रमाणपत्र वितरण

नयाँ राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । मतगणना दिउँसो ४ बजेदेखि हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।

मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफल गरेको कार्यालयले विभिन्न ७ निर्णय गरेको छ।

यस्ता छन् निर्णय :

-दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने
-स्वस्तिक छाप नभएको मत बदर हुने
-सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर
-संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने
-मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना गणना प्रतिनिधि रहने
-मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने
-मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *