ललितपुर महानगरका शिक्षा अधिकृत एक लाख घुससहित पक्राउ

ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले आज उनलाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पौडेलमाथि थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *