तेस्रो कार्यकालका लागि सर्वसम्मत चीनको राष्ट्रपति चुनिए सी जिनपिङ

चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का महासचिव सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति निर्वाचित भएका छन्।

१४औं चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी)को जारी अधिवेशनले शुक्रबार सीलाई सर्वसम्मत राष्ट्रपतिमा चयन गरेको हो।

चीनको ठूलो औपचारिक संसद् राष्ट्रिय जन कांग्रेस (एनपीसी) का लगभग ३ हजार सदस्यहरूले राष्ट्रपति पदका लागि परम्परागत दुई कार्यकाल सीमा हटाउन संविधान परिवर्तन गरेपछि सीलाई सर्वसम्मतिले मतदान गरेका हुन्।

सी एक्ला उम्मेदवार थिए। उनको विपक्षमा कसैले पनि मतदान गरेनन्। एनपीसीका २ हजार ९५२ सदस्यले सीलाई मतदान गरेका थिए।

अधिवेशनले २० लाख सदस्यीय जनमुक्ति सेनाको कमाण्डरमा पनि सीलाई सर्वसम्मतिले चयन गरेको छ।

‘चीनको राजनीतिले सबैलाई जित्ने युगमा विस्तार गरेको छ,’ अस्ट्रेलियन नेशनल युनिभर्सिटीका चिनियाँ राजनीतिमा विशेषज्ञ वेन–ती सुङले अल जजीरासँग भनेका छन्, ‘सी जिनपिङ सबैभन्दा ठूला विजेता हुन्।’

२०१२ मा सत्तारोहणपछि ६९ वर्षीय सीले सम्भावित सबै प्रतिद्वन्द्वीहरूलाई पन्छाएर पार्टीलाई आफ्ना समर्थकहरूले भरिदिए, आफूलाई माओ त्सेतुङपछि आफूलाई चीनको सबैभन्दा शक्तिशाली नेता सावित गरेका छन्।

चिनियाँ नेताहरूले दशकमा एक पटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै उनी अक्टोबरमा तेस्रो पाँच वर्षे कार्यकालका लागि पार्टी महासचिवमा निर्वाचित भएका थिए।

आगामी दुई दिनमा सीले अनुमोदित अधिकारीहरूलाई मन्त्रिपरिषद्मा शीर्ष स्थानहरूमा नियुक्त वा चयन गर्ने तयारी गरेका छन्। जसमा ली छियाङलाई चीनको नम्बर २ पद प्रिमियरको रूपमा नियुक्त गर्ने अपेक्षा गरिएको छ। उनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकको व्यवस्थापनको जिम्मा दिइनेछ।

एनपीसीले ६८ वर्षीय हान झेङलाई नयाँ उपराष्ट्रपतिको रूपमा चयन गरेको छ भने ६६ वर्षीय झाओ लेजीलाई संसद्को नयाँ अध्यक्ष चुनेको छ। दुबै जना पोलिटब्यूरो स्थायी कमिटीमा सीका पार्टी नेताहरूका अघिल्लो टोलीका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर