म प्रधानमन्त्री बन्ने बाटोको यथार्थतातिर गइरहेको आभास भइरहेको छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन-२०७९’ लाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन्।

अन्तिम वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यक्रममा नआएपछि महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ता भएका थिए।

प्रधानमन्त्री नआउनु भएको हुनाले आज अन्तिम वक्ता भए, हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रुपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अव यथार्थमा प्रधानमन्त्री हुन लागेको हो कि भन्ने लागेको महामन्त्री थापाको भनाइ थियो। उनले राजनीतिज्ञहरुलाई अर्थशाष्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशास्त्रीहरुलाई आग्रह गरे।

महामन्त्री थापाले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशास्त्रीहरुले गाली गर्ने गरेको गुनासो पनि गरे। महामन्त्री थापाले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि अर्थशास्त्रीहरुले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर