राष्ट्रपति सी जिनपिङका सहयोगी ली छ्याङ चीनको प्रधानमन्त्री निर्वाचित

राष्ट्रपति सी जिनपिङद्वारा चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित ली छ्याङलाई संसदले औपचारिक रूपमा चयन गरेको छ।

देशको सबैभन्दा ठूलो शहर सांघाईका पूर्वकम्युनिष्ट पार्टीका नेता ली छ्याङले अब अवकाश लिइरहेका ली खछ्याङको स्थानमा सरकारको नेतृत्व गर्ने बीबीसीले जनाएको छ।

६३ वर्षीय ली छ्याङले नेशनल पिपल्स कंग्रेसमा २,९०० भन्दा बढी प्रतिनिधिहरूबाट लगभग हरेक भोट प्राप्त गरे।

प्रधानमन्त्री चुनिएका ली छ्याङ चिनियाँ राष्ट्रपति सीका नजिकका सहयोगी हुन्। उनलाई चीनको संघर्षरत अर्थतन्त्रलाई पुनर्जीवित गर्ने जिम्मेवारी दिइनेछ।

नयाँ मन्त्री नियुक्तिको घोषणा आइतबार हुने बताइएको छ।

ली छ्याङ अब चीनको राजनीतिक प्रणालीमा दोस्रो उच्च दर्जाका अधिकारी हुनेछन्। उनले कुल २,९३६ मत प्राप्त गरे। केवल तीन प्रतिनिधिहरूले उनको नियुक्तिको विपक्षमा मतदान गरे र आठ जना अनुपस्थित थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर