नेपाली र भारतीय सेनाबीच लामो र सुमधुर सम्बन्ध छ : राजदूत शर्मा

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले नेपाली र भारतीय सेनाबीचको लामो समयदेखि सुमधुर सम्बन्धबारे चर्चा गरेका छन् । भारतस्थित नेपाली दूतावासले शनिबार २६० औं नेपाली सेना दिवस मनाउँदै गर्दा राजदूत शर्मा नेपाली र भारतीय सेनाबीचको सम्बन्धबारे धारणा राखेका हुन् ।

दुवै देशको सेना स्थापनाको कालदेखि नै यो सम्बन्ध कायम रहिआएको राजदूत शर्माले उल्लेख गरेको भारतीय सञ्चारमाध्यम एएनआईन्युजले जनाएको छ । ‘२६० औं स्थापना दिवस मनाइरहेको नेपाली सेनाको दक्षिण एसियाकै पुरानो सेना हो । हामी यसमा गर्व गर्छौं । केही नेपालीहरु पहिलेदेखि नै भारतीय सेनामा पनि भर्ती हुँदै आएका छन् । त्यसैले नेपाल र भारतीय सेनाबीच पनि लामो समयदेखिको सम्बन्ध छ,’ उनले भने ।

राजदूत शर्माले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धका कारण पनि नेपाली र भारतीय सेनाबीचको सम्बन्ध लामो समयदेखि रहँदै आएको जनाए । ‘भारतीय सेनाले आवासीय, मेडिकल, भ्याक्सिनलगायत सहयोग पनि गर्दै आएको छ । यो सम्बन्ध आगामी दिनमा अझै बलियो बन्दै जानेछ भन्ने हाम्रो विश्वास हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर